‘पर्व’ फस्ट लुकमा कोशिसँग नम्रताको दुई रुप
फिल्म ‘पर्व’को केहि तस्बिरहरु सार्वजनिक भएका छन् । सार्वजनिक तस्बिरमा नायिका नम्रता श्रेष्ठका दुई रुप देख्न सकिन्छ । नायक कोशिस क्षेत्रीसँग नम्रता रिसाह देखिकी छिन् भने अर्को एक तस्बिरमा उनी मायालु छिन् । यसले के देखाउँछ भने नम्रता र कोशिसको रिभेञ्ज लभ स्टोरी हो ।
दिनेश राउतले निर्देशन गरेको फिल्म ‘पर्व’ मा नम्रता र कोशिस मुख्य भूमिकामा प्रस्तुत भएका छन् भने माला लिम्बुको पनि महत्वपूर्ण भूमिका छ । माला र निर्देशक निश्चल बस्नेत नाचेको ‘काले दाई काले’ बोलको गीतले अहिले दर्शक तथा श्रोतामाझ हिट छ । गोपिकृष्ण मुभिजको निर्माण र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको ‘पर्व’ चैत्र २५ गतेबाट रिलिज हुँदैछ ।
फिल्मको छायांकन ४० दिनमा यसै साता सकिएको छ । सुवास गिरी र निकिता पौडेल यो फिल्मका निर्माता हुन् । निर्देशक राउतले ‘पर्व’ मा दर्शकले फरक स्वाद पाउने बताएका छन् । फिल्ममा राजेश श्रेष्ठको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, कोशिश क्षेत्रीको संगीत छ ।