राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय निर्वाचनमा अभिनेत्री रेखा थापा र गायिका कोमल वली भारी मतले विजयी भएका छन् । बुधबार बिहान सकिएको मत गणनामा रेखाले खुला महिलातर्फ दोश्रो र कोमल खुलातर्फ तेश्रो भएकी हुन् ।

rekha-thapa-nisa-sunar

खुला महिलाबाट रेखाले १६ सय बढी मत ल्याउँदै केन्द्रिय सदस्यमा आफुलाई सुरक्षित गर्दा खुलाबाट कोमलले १८ सय मत ल्याइन् । महिलातर्फ कुन्ती शाही र खुलातर्फ बुद्धिमान तामाङले आफ्नो विधामा बढी मत ल्याए । उनीहरु दुवै मन्त्री भैसकेका केन्द्रिय सदस्य हुन् । आफ्नो क्षेत्रका अब्बल यी दुई सेलिव्रेटी रेखा र कोमलको राप्रपाको निर्वाचनको उम्मेरद्वारीलाई चासोका साथ हेरिएको थियो ।

komal-oli

कोमलको दाँजोमा रेखाको चुनावी प्रचार प्रसार कम थियो । कोमलले आफ्ना मतदातालाई निर्वाचनमा ‘कोमल पानी’ नै ल्याएर प्यास मेटाइदिएकी थिइन् । सञ्चारकर्मी प्रकाश सुवेदी भने पराजय भएका छन् ।

For More videos Log on to Mazzako TV