गत शुक्रबार निर्माता माधव वाग्लले आफ्नी छोरीको बिहे भोज दिए । छोरीको बिहे भोजमा निर्माता वाग्लले फिल्म क्षेत्रका सबै जसोलाई निम्ता दिएका थिए । निम्ता पुगेकामध्ये धेरै जना उपस्थित पनि थिए । निर शाह, भुवन केसी, संचिता लुईंटेलदेखि संचितासम्मले भोजको सोभा बढाएका थिए ।
sanjita-luitel-madhav-wagle

निर्माता वाग्लले सबैलाई भोजको निम्ता आफैंले सम्पर्क गरेर दिएका रहेछन् । फुर्सदमा उनी संचितासँग गफिदैं थिए, ‘तर मलाई तपाईंसँग कुरा गर्न चाहिं डर लाग्यो । केही पो भन्ने हो कि भन्ने लाग्यो ।’ संचिताले किन डराउनु भयो त भनेर विनम्रताका साथ सोधिन् । निर्माता वाग्लले भने, ‘खै किन किन, त्यसै डर लाग्यो ।’ आखिर किन डराए त निर्माता वाग्ले संचितासँग ? जबकी उनलाई फिल्म नगरीमा हक्की स्वाभावका निर्माता भनेर चिनिन्छ । उनले बनाएको पछिल्लो फिल्म ‘लुट २’ यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।

For More videos Log on to Mazzako TV