झण्डै १ वर्षको तयारी पछि ‘ग्याङ्गस्टार ब्लूज’ फ्लोरमा
करिब एक वर्षको तयारी पछि फिल्म ‘ग्याङ्गस्टार ब्लूज’ को सुटिङ सुरु भएको छ । यो फिल्मको सुटिङ यसै सातादेखि नेपालगंजबाट छायाँकन सुरु भएको हो । हेमराज बिसीको निर्देशन रहेको फिल्ममा आना शर्मा, नव नायक आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरी, रोजिशा शाहि ठकुरी मुख्य भूमिकामा प्रस्तुत छन् ।
बाँकेको नेपालगञ्जसँगै मुगुको रारा ताल र खप्तडमा फिल्म खिचिने निर्माता सरोज न्यौपानेले बताएका छन् । उनका अनुसार ‘ग्याङ्गस्टार ब्लूज’ को छायाँकन तालिका करिब ५० दिनको छ । छायाँकन सुरु हुनु केही साता अगाडी नै टिम नेपालगञ्ज पुगेको थियो । फिल्मको लागि ‘जेरी’ डेव्य गर्ल आना र नव नायक आशिरमानले एक्टिङ, डान्स र फाईटको क्लास लिएका छन् । मनिष पण्डित कार्यकारी निर्माता रहेको फिल्मको प्रदर्शन लक्ष्य आउँदो भदौ महिनालाई राखिएको छ । राष्ट्रिय पुरस्कार विजेता शैलेन्द्र डि कार्कीले फिल्म खिचिरहेका छन् ।
For More videos Log on to Mazzako TV