‘प्रेम गीत २’ बाट प्रदीपले किन लिए २ महिनाको ब्रेक ?
नायक प्रदीप खड्काले ‘प्रेम गीत २’ को छायाँकनबाट दुई महिना ब्रेक लिएका छन् । यतिबेला फिल्मको छायाँकन गरिएको छैन । बुझिए अनुसार प्रदीपको ज्यान बनाउन ‘प्रेम गीत २’ को छायाँकन दुई महिनाको लागि स्थगन गरिएको हो । नायकको ज्यान बनेपछि फाईटका दृश्य खिचिने जानकारीमा आएको छ ।
उसो त प्रदीपले फिल्मका लागि निकै महिना लगाएर ज्यान बनाएका थिए । तर त्यतिले मात्रै नपुगेपछि सुटिङ नै रोकेर प्रदीप ज्यान बनाउनतिर लागेका हुन् । फिल्मको सुटिङ नै रोकेर प्रदीपले बनाएको ज्यान चाहिं कस्तो बन्ला त ? सन्तोष सेनको निर्माण र रामशरण पाठकको निर्देशन रहेको फिल्म ‘प्रेम गीत २’ मा प्रदीपको अपोजिटमा नव नायिका अश्लेषा ठकुरी प्रस्तुत भएकी छिन् । पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी छ । ‘प्रेम गीत २’ को म्यानमार र थाइल्यान्ड सहित नेपालका काठमाडौं, पोखरा, लुम्बिनी, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुको रारातलमा सुटिङ गरिएको छ ।
For More videos Log on to Mazzako TV