श्वेता बन्ने भइन् दयाहाङको ‘कान्छी’ !
अभिनेत्री श्वेता खड्काले बनाउने नयाँ फिल्मको नाम ‘कान्छी’ राखिएको छ । ‘कान्छी’ मा श्वेताको जोडीको रुपमा अभिनेता दयाहाङ राई प्रस्तुत हुँदैछन् । आकाश अधिकारीले निर्देशन गर्ने फिल्मको आगामी बर्षदेखि छायाँकन सुरु हुनेछ ।
‘कोहिनूर’ पछि श्वेताले निर्माण गर्न लागेको ‘कान्छी’ नारी प्रधान फिल्म हुने बुझिएको छ । यद्पी उनले फिल्मबारे थप जानकारी खुलाएकी छैनन् । यम थापाको स्क्रिप्ट रहेको फिल्ममा श्वेता नै शिर्ष कान्छीको भूमिकामा प्रस्तुत हुनेछिन् । फिल्मको सम्पूर्ण कलाकार तथा प्राविधिक पक्का गरेर छिट्टै नै प्रेसमिट गर्ने श्वेताले बताएकी छिन् ।
For More videos Log on to Mazzako TV