अहिलेका ब्यस्त मोडल तथा कलाकार निराजन प्रधान र जेविका कार्कीको बेजोड क्यामेट्री मिलेको देखिन्छ । भर्खरै सार्वजनिक भएको ‘के लुकाउँ माया’ बोलको गीति भिडियोमा यि कलाकारहरुले अभिनय गरेका छन् । भिडियोमा एक्सन कट निर्देशक शान थापाले गरेका हुन् । चलचित्रको पोष्टर डिजाईनर शान यतिबेला म्युजिक भिडियो निर्देशनमा पनि ब्यस्त बन्न थालेका छन् ।

Niranaj and jebika

कमल घलेको आवाज रहेको यस गीतमा यमन सुवेदीको शब्द छ । अहिलेका ब्यस्त संगीतकार ताराप्रकाश लिम्बुको संगीत रहेको  गीतको अडियो सुन्दा जति रमाईलो लाग्छ भिडियो हेर्दा झनै आँखामा शितलता महशुस हुन्छ । स्टारलाईट इन्टरटेन्मेन्टले प्रस्तुत गरेको यस गीति भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।

For More videos Log on to Mazzako TV