‘मोष्ट वान्टेड’ की नायिकाले गरिन् एनआरएनसँग विवाह
‘मोष्ट वान्टेड’, ‘जस्ट फर् यु’ लगायत फिल्महरुमा अभिनय गरेकी नायिका तेजुला खतिवडा विवाह बन्धनमा बाँधिएकी छिन् । एनआरएन सुमन बस्नेतसँग तेजुलाले फागुन ७ गते राजधानीमा लगनगाँठो कंसेकी हुन् ।
सुमन जापानमा आफ्नो व्यावसाय सञ्चालन गर्दै आइरहेका छन् । एक वर्षको प्रेम सम्बन्धपछि तेजुला र सुमनले विवाह गरेका हुन् । तेजुला पछिल्लो समय फिल्ममा सक्रिय छैनन् । उनको विवाह समारोहमा नायिकाहरु श्वेता खड्का, अनु शाह, नीता ढुंगाना लगायत अन्य फिल्मकर्मी उपस्थित थिए । तेजुलालाई सफल दाम्पत्य जीवनको शुभकामना !