‘लुट २’ निर्माताको छोरीको विवाह भोजमा भुवनदेखि निश्चलसम्म (फोटो फिचर)
निर्माता माधव वाग्लले आफ्नी छोरीको बिहे भोजमा फिल्म तथा संगीत क्षेत्रका धेरै जसो व्यत्तित्वहरुलाई सम्झिएका छन् । हक्की स्वभावका निर्माता वाग्लले वरिष्ठदेखि नव फिल्मकर्मीलाई छोरीको विवाह भोजको निम्ता दिएका थिए । शुक्रबार आयोजना गरिएको ‘प्रिती भोज’ मा निम्ता पुगेका धेरै जसो कलाकर्मी उपस्थित पनि भए ।

बसुन्धराको एक पार्टी प्यालेसमा आयोजना गरिएको ‘लुट २’ निर्माता वाग्लेको छोरीको विवाह भोजमा वरिष्ठ फिल्मकर्मी निर शाह, अभिनेता भुवन केसी, निर्देशक विकास आचार्य, निर्माता तथा कलाकार दीपकराज गिरी, निर्देशक निश्चल बस्नेत, नायिका संचिता लुईंटेल, रिमा विश्वकर्मा, स्वस्तिमा खड्का उपस्थित थिए ।

यस्तै निर्माता संघका अध्यक्ष आकाश अधिकारी, अभिनेता कृष्ण मल्ल, निर्देशक शोभित बस्नेत, ‘साइली’ का गाएक हेमन्त राणा, कोरियोग्राफर रेनशा राई र उनका प्रेमी प्रज्जवल राणा, कलाकारहरु गौरव पहारी, सलोन बस्नेत सहित दर्जन बढी कलाकर्मी सहभागी थिए । छोरीको भोजमा सरिक सबैलाई निर्माता वाग्लले न्यानो स्वागत गरेका थिए । तस्बिर : उद्धव रसाईली ।








For More videos Log on to Mazzako TV








