भाइरल बनिरहेको गीत ‘साइली’ को शनिबार राजधानीमा औपचारिक रुपमा विमोचन गरिएको छ । युट्युवमा ३५ लाख भ्युअर्स पुगेपछि यो सुपरहिट गीत सहितको ‘साइली’ एल्बम विमोचन गरिएको हो । वरिष्ठ कलाकार टिका पहारी, संगीतकार न्यूहुँ बज्रचार्यले ‘साइली’ को विमोचन गरे । हेमन्त राणाको चौथो एल्बममा ‘साइली’ सहित अन्य सात गीतहरु समावेश छन् ।

saili-poster.docx

कालिप्रसाद बाँस्कोटाको शब्द तथा संगीत रहेको ‘साइली’ ले लिरिकल भिडियो बाटै दर्शक र श्रोताको मन जितेको थियो भने भिडियो सुपरहिट हुन गयो । युट्युवमा सार्वजनिक भएको दश दिन नपुग्दै गीतको भिडियोले पैतिस लाख बढीको भ्युअर्स पाएको छ । ‘साइली’ ले यो अवधीमा पाएको भ्युअर्स संख्या नेपाली साँगीतिक ईतिहासमा अहिलेसम्मकै सर्वाधिक हो ।

saili-team

‘साइली’ विमोचनमा गायक हेमन्त राणाले गीत तथा भिडियोलाई मन पराउने सम्पूर्ण दर्शक र श्रोतालाई धन्यवाद दिए । उनले ‘साइली’ को हिरो संगीतकार कालिप्रसाद बाँस्कोटा रहेको बताए । ‘म त प्रस्तोता मात्रै हुँ, हिरो त कालिप्रसाद बाँस्कोटा हुन् ।’ व्यस्तताका कारण संगीतकार बाँस्कोटा भने कार्यक्रममा उपस्थित हुन सकेनन् । साइली अर्थात् अभिनेत्री मेनुका प्रधान पनि कार्य व्यस्तताका कारण कार्यक्रममा सहभागी हुन सकिनन् ।

artists-in-saili

यस्तै भिडियोका अभिनेता गौरव पहारीले गीतले नसोचेको सफलता पाएको बताए । हेमन्त र उनले संचालनमा ल्याएको जीएच इन्टरटेनमेन्टको औपचारिक घोषणा गर्दै आगामी दिनमा आफ्नो कम्पनीले फिल्म र संगीत सम्बन्धी कार्य गर्ने जानकारी दिए । ‘साइली’ विमोचनमा निर्माता तथा कलाकार दिपकराज गिरी, निर्मल शर्मा, निर्देशक रामबाबु गुरुङ,  पुर्व मिस नेपाल तथा नायिका मलिना जोशी, गायिका आस्था वी लगायत ‘साइली’ टिमलाई शुभकामना दिन कार्यक्रममा उपस्थित थिए ।

gaurav-pahari-with-his-father

For More videos Log on to Mazzako TV