यी हुन् ‘लम्फू’ मा छानिएका चार कलाकार
केही प्रतिशत छायाँकन समेत गरेर रोकिएको फिल्म ‘लम्फू’ मा नयाँ कलाकार छनोट भएका छन् । सुरुमा सुदर्शन थापाले शिर्ष भूमिका निभाएको ‘लम्फू’ मा नव नायक कविर खड्काले उक्त भूमिका निभाउने छन् । कविर मोडलिङ क्षेत्रका हुन् । यद्पी नायक पक्का भएको सहमतीलाई निर्माण पक्षले बाहिर ल्याएको छैन ।
कविरसँगै फिल्ममा दुई नायिकाहरु पनि अनुबन्धित भएका छन् । ‘स्टुपिड मन’ की चाँदनी शर्मा र ‘के म तिम्रो होइन र’ की मरिस्का पोखरेल ‘लम्फू’ मा अनुबन्धित भएका छन् भने कलाकार सलोन बस्नेत पनि फिल्मम महत्वपूर्ण भूमिकामा प्रस्तुत हुँदैछन् । गोपालचन्द्र लामिछानेको निर्देशन र शक्ति बल्लभ घोरासैनीको निर्माण रहने फिल्मको वर्कसप समेत सुरु भैसकेको बुझिएको छ ।
For More videos Log on to Mazzako TV