‘लभ लभ लभ’ को नयाँ स्किम : लभ स्टोरी पठाउनुस् एक लाख जित्नुस्
बैशाख १ गतेबाट दर्शकमाझ आउने फिल्म ‘लभ लभ लभ’ ले दर्शकलाई ‘पार्टीसिपेट एण्ड विन एक लाख’ अफर ल्याएको छ । केहि दिन पहिले मात्रै भ्यालेन्टाइन विशेष प्रतिस्पर्धा गर्दै विजेता घोषित गरेको फिल्म निर्माण टिमले फेरी पनि नयाँ अफर सार्वजनिक गरेको हो ।
नयाँ प्रतियोगिता अन्तर्गत जो कोहिबाट पनि आफ्नो आफ्नो लभ स्टोरी माग गरिएको छ । प्रेमकथा बोल्ने फिल्मले कन्टेस्टमा सहभागी हुन चाहने जो कोहिले पनि आफ्नो जीवनमा आईपरेका प्रेमकथा, प्रेमको सुरुवातदेखि प्रेम प्राप्तीको लागी गरेका संघर्ष र त्यागसम्मको कुरा जोड्दै आफ्नै शब्दमा ’प्रेमकथा’ माग गरेको हो । चैत्र अन्त्यसम्म प्रेमकथा पठाउन सकिने र उत्कृष्ट छानिने एक जनालाई एक लाख प्रदान गरिने घोषणा गरिएको छ । त्यसो त निर्मात्री शर्मिला पाण्डेले उत्कृष्ट बनेको कथामा फिल्म निर्माण गर्ने समेत घोषणा गरेकी छिन् । गीत हेर्नुस् :
दिपेन्द्र के खनाल निर्देशित फिल्मका केही गीतहरु सार्वजनिक छन् केही बाँकी छन् । ‘लभ लभ लभ’ मा सुरज पाण्डे र स्वस्तिमा खड्का मुख्य भूमिकामा छन् । निरज कंडेलले खिचेको फिल्मका प्रस्तुतकर्ता अमृत पाण्डे हुन् ।
For More videos Log on to Mazzako TV