नेपाली तारा सिजन २ का उपविजेता तारा लक्सम लिम्बुले गाएको ‘चुम्वकै हौ कि तिमी त’ को भिडियो सार्वजनिक भएको छ । यो भिडियोलाई युट्युवमा रिलिज भएको पाँच दिनमै दुई लाख (२ लाख १५ हजार) बढीले हेरेका छन् । फिल्म ‘लुट २’ को आइटम गीत ‘ठमेल बजार’ बाट चर्चामा आएकी एलिशा राई फिचरिङ ‘चुम्वकै हौं कि तिमी त’ को भिडियो निकै रमाइलो बनेको छ । भिडियो यस्तो छ :

गायक लक्सम आफ्नै संगीत रहेको गीतको भिडियोलाई सागर राजले निर्देशन गरेका छन् । भिडियोमा सुनिल क्षेत्री र नेपाली ठिटोजको दमदार नृत्य छ । भिडियोमा सम्भवतः नेपालमै पहिलो पटक बोन ब्रेकर नृत्य प्रयोग भएको छ ।

bone-breaker

For More videos Log on to Mazzako TV