प्रजातन्त्र दिवसको अवसर पारेर (फागुन ७) शुक्रबारदेखि फिल्म ‘मेरो देश’ देशभर प्रदर्शनमा आएको छ । निशा अधिकारी, आयुष रिजला, निर शाह, प्रज्जवल गिरी, ध्रुव कोइराल अभिनित फिल्मले राष्ट्र प्रेमको कथा बोल्छ । फिल्मको विषयमा अभिनेता आयुष रिजालसँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :

देव नेपालको लेखन तथा निर्देशन रहेको फिल्म ‘मेरो देश’ लाई पार्वती मैनाली र प्रभाकर सापकोटाले संयुक्त रुपमा निर्माण गरेका हुन । विवी अनुरागीको संगीत रहेको फिल्ममा रामजी लामिछाने र एलिजा प्रधानको कोरियोग्राफी छ । रविन्द्र बरालको छायाँकन रहेको फिल्ममा राजु किंरातीको द्धन्द्ध निर्देशन गरेका छन् ।

mero-desh

एक समयका चल्तापुर्जा अभिनेता आयुष रिजाल अभिनित नेपाली फिल्म लामो समयपछि दर्शकमाझ आएको छ । विशेष गरी एक्सन अभिनेतको रुपमा जमेका आयुष यस फिल्ममा सञ्चारकर्मीको भूमिकामा प्रस्तुत भएका छन् । ‘फिल्ममा एक्नस पनि छ । दर्शकले मन पराउनु हुन्छ भन्ने आशा छ’ आयुष भन्छन् ।

For More videos Log on to Mazzako TV