बहुप्रतिक्षित फिल्म ‘लुट २’ को प्रदर्शनलाई लिएर आफु निकै उत्साहित रहेको निर्देशक निश्चल बस्नेतले बताएका छन् । उत्साहसँगै फिल्मको प्रदर्शनलाई लिएर आफु तर्सिएको पनि निश्चलको भनाई छ । किन उत्साहित छन् निश्चल अनि कसले तर्सायो उनलाई ?

nischal-basnet

‘समय भएर पनि होला यो पटक अलि बढी नै उत्साहित भएको छु । किनभने फिल्म तयार नै भैसकेको छ । त्यसैले सोच्ने समय बढी पाइरहेको छु ।’ अघिल्ला दुई फिल्महरु ‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’ मा आफुले सोच्ने समय नपाएको निश्चलले खुलाए । किन त ? ‘किनभने अन्तिम समयसम्म नै काम नै गरिरहेको थिएँ । त्यसैले केही सोच्ने मौका नै पाइएन ।’ काम सकिएर खाली समय हुँदा आफुलाई तर्साउने काम भैरहको समेत निश्चलको भनाई छ । निश्चल भन्छन्, ‘कोहीसँग बाहिर निस्कियो भने अन्र्तक्रिया हुन्छ । बाटोमा हिंड्दा मान्छेहरु भेट्दा खेरी पनि ल है दाई खतरा फिल्म बन्यो होला । म एकदम एक्सपेट गरेर बस्या छु भन्छन्, यसरी तर्साउने काम भैराछ । तर्सिपनि रहेको छु ।’ ट्रेलर हेर्नुस् :

फागुन १३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लुट २’ मा सौगात मल्ल, दयाहाङ राई, ऋचा शर्मा, विपिन काकी, सृजना सुब्बा लगायतको अभिनय रहेको छ । सुपरहिट फिल्म ‘लुट’ को सिक्वेल यतिबेला प्रतिक्षित बनिरहेको छ । फिल्मलाई माधव वाग्ले र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

For More videos Log on to Mazzako TV