श्रृष्टीदेखि सुष्मासम्म, जसले गरे पारिवारिक स्टोर उद्घाटन
नेपाली फिल्म तथा सांगीतिक क्षेत्रका चर्चित कलाकारहरुले राजधानीको भिमसेन गोलामा एक स्टोरको आज उद्घाटन गरेका छन् । 
राजधानीको भिमसेनगोलामा संचालनमा आएको ‘कलेक्टिभ फेमिली स्टोर’ को कलाकर्मीहरुले उद्घाटन गरेका छन् ।
स्टोर उद्घाटनका लागि अभिनेत्री सुष्मा कार्की, पूर्व मिस नेपाल तथा अभिनेत्री श्रृष्टी श्रेेष्ठ, गायक बाबु बोगटी, हिमाल सागर, गायिका जुना प्रसाई, नायक गौरव पहारी, हाँस्य कलाकार विल्सन विक्रम राई स्टोर पुगेका थिए ।
लिङ्देन ब्रान्डका सम्पूर्ण सामान पाइने यो स्टोरमा परिवारका लागि सम्पूर्ण सामान पाइने बताइएको छ । स्टोरका म्यानेजिङ डिरेक्टर राजेन्द्र लिङ्देनले एउटा परिवारका हरेक उमेरका मानिसहरुका लागि हरेक प्रकारका सामान स्टोरमा पाइने बताए । फ्रेवुअरी १४, १५ र १६ तारिखमा ३० प्रतिशतको छुट रहेको लिङ्देनले बताए ।
वेवी टोए, पावर ब्याङ्क, विद्युतिय सामाग्री, विभिन्न ब्रान्डका पहिरन, ब्लाङ्केट, व्यूटी प्रोडक्ट यो स्टोरमा पाइन्छ । यस्तै, सोहि भवनमा हट लिप्स नामक रेष्टुरेन्ट पनि संचालनमा ल्याइएको छ ।
कार्यक्रममा पुगेका कलाकारले स्टोर उद्घाटन हेर्न पुगेका दर्शकलाई आफ्नो प्रस्तुतीबाट मनोरञ्जन दिएका थिए । कलाकार विल्सन विक्रम राइले दर्शकलाई कमेडी प्रस्तुतीबाट रमाइलो गराएका थिए । गायक बाबु बोगटी, विनोद खम्बुले गीत गाएका थिए ।
अभिनेता गौरव पहारी अहिलेको चर्चित गीत ‘साइली’मा नृत्य गर्दा दर्शकले हुटिङ गरेका थिए । कलाकारहरुले एकसाथ रिवन काटेर स्टोरको उद्घाटन गरेका थिए । कलाकारले स्टोरमा परिवारका लागि सबै सामाग्री पाइने भन्दै ‘कलेक्टिभ फेमिली स्टोर’ सबैका लागि सपिङको राम्रो स्थान भएको बताए ।
For More videos Log on to Mazzako TV







