अभिनेत्री नीशा अधिकारीको मुख्य भूमिका रहनेगरि फिल्म ‘रंगिन’को घोषणा भएको छ । सुवास थापा प्रोडक्सनले आकंक्षा इन्टरटेन्मेन्टसागको सहकार्यमा नयाँ फिल्मको घोषणा गरेको हो । निर्देशक बाहेक सबै यूनिट सोमबार सार्वजनिक गरिएको थियो । rangeen film

अफस्ट्रायक प्रेम कथामा बन्ने यो फिल्ममा नीशा अधिकारीको साथमा नवराज श्रेष्ठ र बाबु भण्डारीको मुख्य भूमिका रहनेछ । बाबुले यो फिल्मबाट नै नेपाली रजतपटमा डेब्यू गर्न लागेका हुन् ।

किरण माइकलले लेखेका कथामा बन्न लागेको यो फिल्मका लागि एक सक्षम निर्देशक खोजिएको जानकारी दिइयो । फिल्मको छायांकन जेठबाट सुरु हुनेछ ।

फिल्ममा हाँस्य कलाकार महादेव त्रिपाठी र अजय श्रेष्ठ पनि फाइनल भएका छन् । फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, शिव वीको कोरियोग्राफी रहनेछ । फिल्ममा विनोदकुमार सिंहले लगानीमा साझेदारी गर्नेछन् ।

For More videos Log on to Mazzako TV