यस्तो छ ‘यो साइनो मायाको’को ट्रेलर
चैत्र ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘यो साइनो मायाको’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो ।

यो फिल्म चैत्र ४ गतेबाट रिलिज हुँदैछ । फिल्ममा जतिन ताम्राकार, रेश्मा घिमिरे, किशोर भण्डारी, नवनितराज प्रधान, सुनिता श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । कार्यक्रममा बोल्दै निर्माता रामकुमार श्रेष्ठले माया गर्नेहरुका लागि फिल्म बनाएको बताए ।
बाबुराम नेपालीको छायांकन रहेको यो फिल्ममा कुन्दन थापा र विकेश के शंकरको संगीत छ । अरुणकुमार प्रधानले फिल्मको निर्देशन गरेका हुन् ।








