आकाश अधिकारीको संयोजकत्वमा कार्यदलले भेट्यो सञ्चारमन्त्री
नेपाली चलचित्रका विविध समस्या समाधानका लागि नेपाली चलचित्रमा काम गरिरहेका सम्पूर्ण पैशागत संगठन एक जुट भएका छन् । निर्माता संघ अध्यक्ष आकाश अधिकारीको पहलमा चलचित्र क्षैत्रमा काम गरिरहैका अन्य पेशागत संगठनका अध्यक्षहरुको शनिबार बैठक बसेर नेपाली फिल्मका विभिन्न मुद्दामा एकजुट भएर अगाडि बढ्न सहमत भएका हुन् । शनिबार बसेको बैठकले निर्माता संघ अध्यक्ष आकाश अधिकारीको संयोजनमा विभिन्न संस्थाका संगठन प्रमुखहरु सदस्य रहने गरी ७ सदस्यीय समिति गठन गरिएको हो । चलचित्र प्रवद्र्धन समन्वय समिति नाम दिइएको सौ समितिको सदस्यहरुमा रामकेशर बोगटी (कलाकार संघ) सुचित्रा श्रेष्ठ (निर्देशक समाज), राजेन्द्र रायमाझी ‘युगेश’ (लेखक संघ), पुष्कर लामा (प्राविधिक संघ) । सूर्य थोकर लामा (द्धन्द्ध संघ) र सम्राट सापकोटा (उपकरण व्यवसायी संघ) रहेका छन् ।

गठन भएको भोलिपल्टै सक्रियता देखाउँदै समन्वय समितिले आइतबार सञ्चारमन्त्रीलाई भेटी नेपाली चलचित्र क्षेत्रका विविध समस्याका सम्बन्धमा छलफल गरेको छ । संयोजक आकाश अधिकारीले आइतबारको छलफलमा निर्माणको क्रममा रहेको औद्योगिक व्यवसाय विधेयकमा रहेका केही बुँदाले नेपाली चलचित्र क्षेत्रलाई सही तरिकाले पहिचान नगरेको भन्दै सञ्चारमन्त्रीलाई उधोग मन्त्रालय अन्तर्गत बन्न लागोको विधेयकमा नेपाली चलचित्रको सही पहिचान हुने प्रावधान राख्न आग्रह गरेको थियो । संयोजक आकाश अधिकारीले सञ्चारमन्त्रीले आफूहरुको मागमा चासो दिंदै सकारात्मक रहेको बताए । ‘नेपाली फिल्ममा करौंडौंको लगानी छ र यसमा लाखौंले रोजगारी पनि पाएका छन् । तर, सरकारले अहिलेसम्म पनि चलचित्र क्षेत्रको यो योगदानको कदर गरेको छैन । हामीले उद्योगमन्त्री र सञ्चारमन्त्री दुवैमा आफ्नो यो चासोलाई औपचारिक रुपमा व्यक्त गरिसकेका छौं । उहाँहरुले हाम्रो चासोलाई हार्दिकताका साथ ग्रहण गर्नु भएको छ । दुवैको कुराले विधेयकमा नेपाली सिनेमाले सम्मानजनक ठाउँ पाउने कुरामा आशावादी छौं । चलचित्रलाई राष्ट्रिय प्राथमिकताको उद्योग अन्तर्गत राख्न सकेको खण्डमा नीतिगत रुपमा यो चलचित्र क्षेत्रका लागि एउटा ठोस उपलब्धि हुनेछ’, संयोजक अधिकारीले भने । आइतबार नै सञ्चारमन्त्रीलाई चलचित्र निर्माणमा विदेशीक लगानी सम्बन्धमा पनि आफ्नो धारणा राखेको जानकारी गराए ।
For More videos Log on to Mazzako TV







