‘कोहिनूर’ लेखकको डेव्यु निर्देशनमा केकी र नाजिर बन्ने भए ‘राज्जा रानी’
फिल्म ‘कोहिनूर’ सहित दर्जन फिल्मको स्क्रिप्ट लेखेका यम थापाको पहिलो निर्देशनमा फिल्म ‘राज्जा रानी’ बन्ने भएको छ । जहाँ नायिका केही अधिकारी र नायक नाजिर हुसेन मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् ।

यसै सातादेखि छायाँकन सुरु हुने फिल्मको आइतबार राजधानीमा प्रेसमिट गर्दै औपचारिक निर्माणको घोषणा गरिएको हो । प्रेसटिमा केकी र नाजिरले नायिका, निर्माता तथा निर्देशक रेखा थापाले एक्सन कटमा टेक दिएका थिए भने सदावहार अभिनेता भुवन केसीले नरिवल फोरेका थिए । ‘राज्जा रानी’ को छायाँकन यसै साताबाट सुरु हुनेछ । फिल्मको सम्पूर्ण सुटिङ बर्दिया जिल्लामा हुनेछ ।

निर्देशक थापाकै लेखन रहेको फिल्म ‘राज्जा रानी’ मधेशी मुलका युवा र युवतीको प्रेम कथामा आधारित फिल्म हो । जसलाई रमेश एमके पौडेलले लगानी गर्दैछन् । निर्माता पौडेलले यसअघि पनि केही फिल्महरुमा लगानी गरेका थिए तर उनले आफ्नो परिचय बाहिर ल्याएका थिएनन् । ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत रहने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् भने कोरियोग्राफी कविराज गहतराजले गर्नेछन् ।

यस्तै फिल्ममा सञ्चारकर्मी अनुप भट्टराई उर्फ फरक कोण लाईन प्रोड्युसर र रामशरण पाठक मुख्य सहायक निर्देशकको रुपमा रहेका छन् । फिल्ममा केकी र नाजिरसँगै कामेश्वर चौरासिया, लक्ष्मी वर्देवा, संगिता नापित, अरुण रेग्मी, दीपक क्षेत्री लगायतको अभिनय रहनेछ । तस्बिर : उत्सब रसाईली









