निखिलको मसालेदार ‘निर्भय’ ट्रेलर रिलिज (भिडियो)
एक्सन स्टार निखिल उप्रेती स्टारर फिल्म ‘निर्भय’ को मसालेदार ट्रेलर रिलिज भएको छ । ट्रेलर एक्सन दृश्य र गहकिला संवाद अनि संगीतले भरिपूर्ण छ । ट्रेलरमा निखिलसँगै नायिका नीता ढुङ्गाना, कलाकारहरु प्रज्वल गिरी, विकास चापागाईं, सुशिल पोखरेल लगायत प्रस्तुत भएका छन् । ट्रेलर हेर्नुस् :
मधुसुदन भट्टराई निर्देशित फिल्म ‘निर्भय’ राष्ट्रसेवी निर्भय प्रहरी अफिसर्सको कथामा आधारित छ । फिल्म चैत ११ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मलाई देविप्रसाद पाण्डेले निर्माण गरेका हुन् भने फिल्ममा ताराप्रकाश लिम्बु र अर्जुन पोखरेल संगीत अनि रामजी लामिछानेको कोरियोग्राफी छ । रामशरण उप्रेती फिल्मका छायाँकार हुन् । ‘निर्भय’ लाई यम थापाले लेखेका हुन् ।
For More videos Log on to Mazzako TV