सार्वजनिक भएको केही दिनमै नम्वर वान ‘साईली’ (भिडियो)

लिरिकअल भिडियोमै सुपरहिट ‘साईली’ गीत भिडियो पनि सुपरहिट भएको छ । सुपरहिट यस अर्थमा कि अपलोड भएको डेढ दिनमै यो भिडियोलाई झण्डै साँढे पाँच लाखले हेरेका छन् भने युट्युव नेपाल ट्रेन्डिङमा नम्वर वानमा पर्न सफल भएको छ । भिडियो हेर्नुस् :
गायक हेमन्त राणा आफ्नै निर्देशन रहेको भिडियोमा गौरव पहारी र मेनुका प्रधान अनि गायक राणा पनि फिचरिङ छन् । उज्जव जोशीको छायाँकन र सम्पादन रहेको भिडियोलाई नेपाल र दुबईमा छायाँकन गरिएको छ । कालिप्रसाद बाँस्कोटाको संगीत रहेको गीतको शब्द कार्न कालिलाई हेमन्त साउदले सघाएका छन् ।
For More videos Log on to Mazzako TV







