अभिनेत्री तथा निर्मात्री श्वेता खड्काले भूकम्पबाट प्रभावित हुन गएको सिन्धुपाल्चोकको ठुलो शिरुबारीस्थित झ्याँडी गाउँमा सहयोग गर्ने भएकी छिन् । स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको जिल्लामा अवस्थित उक्त भूकम्प प्रभावित गाउँ निर्माणको नमुना तयार गरी आवश्यक संरचना निर्माणमा श्वेताले सहयोग गर्ने भएकी हुन् ।

shewta-khadka1

६५ घर धुरी रहेको उक्त बस्ती भूकम्पपछि अझै उठ्न सकेको छैन । शनिबार माझी बस्तीको अवलोकन गर्दै श्वेताले आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन् । स्थानियबिच बोल्दै श्वेताले भनिन्, ‘यो बस्तीलाई नमुना बस्ती बनाउँन म आफ्नो ज्यान दिएर लाग्नेछु । सरकारले गर्ने आर्थिक सहयोगमा हामीले व्यवस्थापन गरेर नमुना बस्ती बनाउँनेछौं ।’

shewta-welcom

विवाह र पति श्रीकृष्णको स्वर्गारोहण पछि पहिलो पटक सिन्धुपाल्चोकको माझी बस्तीमा पुगेकी श्वेतालाई त्यहाँका स्थानियले ‘बुहारी’ र ‘भाउजु’ भन्दै फूलमाला र खादाले स्वागत गरेका थिए । ‘मलाई जसरी भाउजु र बुहारी भन्दै स्वागत न्यानो गर्नु भयो । त्यसैगरी तपाईंहरुको मनमा खुसी ल्याउन चाहान्छु’ श्वेताले भनिन्, ‘तपाईंहले यसरी नाता लगाएर बोलाउँदा मलाई खुसी लाग्छ ।’ श्वेतालाई माझी बस्तीसम्म पुर्याउँन मध्यस्थकर्ता गरेका यज्ञराज कार्कीले बर्खा सुरु हुंनु अगाडी नै बस्ती निर्माणको कार्य सुरु गर्ने बताए ।

shewta-anita

स्व.श्रीकृष्ण जन्मेको जिल्लामा श्वेता गएर सहयोगको घोषणा गर्दा स्थानियले उनीप्रति कृतज्ञता व्यक्त गरे । श्वेताको स्वागतमा गीत नृत्य समेत प्रस्तुत गरिएको थियो । त्यहाँ पनि भनिएको थियो, ‘विनाशकारी भूकम्प त बहत्तरमै गयो सहयोग गर्न श्वेता भाउजु गाउँमै आउनु भयो ।’ शब्द तथा तस्बिर : उत्सब रसाईली

shewta-khadka-at-sidhupalchock

shewta-khadka

sindhupalchock-village

Watch Video Here :-

For More videos Log on to Mazzako TV