यी तीन जनाले जिते ‘लभ लभ लभ’ को भ्यालेनटाइन उपहार
बैशाख १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लभ लभ लभ’ ले भ्यालेन्टाइन्स डेको अवसर पार्दै आयोजना गरेको ‘गेस एण्ड विन’ प्रतिस्पर्धाबाट विजेता घोषणा गरिएको छ । फिल्मको प्रचारसँगै माया जोडीहरुको लागी फिल्मका लिड कलाकार सुरज पाण्डे र स्वस्तिमा खड्का सहितको ‘जिआइएफ’ भिडियो बनाएर फेसबुकमा पोस्ट गरिएको थियो, जुन प्रतिस्पर्धामा भाग लिन चाहनेहरुको लागी सुरज र स्वस्तिमा आउने गरी स्कृन सट लिएर कमेन्टमा ‘लभ लभ लभ’ लेखेर पोस्ट गर्न लगाइएको थियो ।
उक्त प्रतिस्पर्धामा सहभागीबाट आकृति भट्टराई, अदिती रेग्मी र विजेश गुरुङ भाग्यशाली विजेता घोषित भएका छन् । तीनै जनालाई निर्माण कम्पनि सुरज सिने आर्ट्सको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच आकर्षक गिफ्ट ह्याम्पर सहित पुरस्कार प्रदान गरियो । फिल्मकी निर्मात्री शर्मिला पाण्डेले तीनै जनालाई पुरस्कार प्रदान गरिन् । प्रेमकथा बोल्ने फिल्मका प्रस्तुतकर्ता अमृत पाण्डे हुन् । दिपेन्द्र के खनाल निर्देशित फिल्मलाई निरज कंडेलले खिचेका छन् । ‘लभ लभ लभ’ को प्रोडक्शन डिजाईनर नगेन्द्र घिमिरे छन् ।