‘बटरफ्लाई’ मा यस्तो देखिए आर्यन र प्रियंका
नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीको ‘बटरफ्लाई’ लुक्स रिलिज भएको छ । प्राप्त तस्बिरहरुमा आर्यन र प्रियंका कलेज ड्रेसमा छन् । उनीहरुले यो फिल्ममा पहिलो पटक स्क्रिन सेयर गरेका हुन् ।

ओम प्रतिकको कथा तथा निर्देशन रहेको फिल्म ‘बटरफ्लाई’ मा आर्यन र प्रियंका मुख्य भूमिकामा छन् । केही दिनको काठमाडौको सुट सकेर टोली यसै साता पाल्पातर्फ जाँदैछ । बाँकी फिल्मको सम्पूर्ण सुटिङ त्यही हुनेछ । द् फ्रेम क्रियशनको ब्यानरमा निर्माण हुने फिल्मलाई सन्तोष अधिकारीले निर्माण गर्दैछन् ।

‘के म तिम्रो होइन र’ बाट रजतपटमा यसै वर्ष डेव्यु भएका नायक अधिकारी ‘बटरफ्लाई’ को सुटिङ हुँदै गर्दा अर्को फिल्म ‘कसो कसो माया बस्यो’ मा अनुबन्धित भएका छन् भने प्रियंकालाई फिल्म सुटिङ र देश तथा विदेशका कार्यक्रममा भ्याइनभ्याइ छ । सिक्स प्याक हिरो र चल्तीकी नायिकाको केमेस्ट्री ‘बटरफ्लाई’ मा कस्तो होला त ?
For More videos Log on to Mazzako TV







