रोमान्टिक कमेडी लभ स्टोरी जनरामा नयाँ नेपाली फिल्म ‘मधु मालती’ बन्ने भएको छ । बिहिबार प्रेसमिट गर्दै यो नयाँ नेपाली फिल्म निर्माणको घोषणा गरिएको हो । तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा बन्ने ‘मधु मालती’ लाई सहायक र मुख्य सहायक गरी दुई दर्जन फिल्म निर्देशन गरेका शिशिर चालिसेले निर्देशन गर्नेछन् ।

madhu-malati-team1

‘मधु मालती’ मा नव कलाकार अनुरुप पोखरेल र कुसुम नेपाल प्रेम जोडीको रुपमा देखिंदैछन् । यस्तै फिल्ममा कलाकारहरु केशव भट्टराई, रुपा राणा, सविना थापाको पनि अभिनय रहनेछ । फागुन १५ गतेबाट छायाँकन सुरु हुने फिल्मको डेढ महिनादेखि वर्कसप भैरहेको निर्देशक चालिसेले बताए । फिल्मको कथा समेत लेखेका निर्देशक चालिसेले भने, ‘यो कुनै कृतिमाथिको फिल्म भने होइन । फ्रेस कथा हो ।’ रमेश विकलको कृति ‘मधु मालती’ माथि आफ्नो फिल्म आधारित नरहेको उनले बताए ।

madhu-malati-team

शंकर कार्की निर्माता रहेको ‘मधु मालती’ मा श्याम खड्का सह निर्माताको रुपमा रहेका छन् । फिल्ममा नवराज उप्रेतीको छायाँकन रहेनछ भने संगीत दावा दोर्जे लामा र मिलन सुर्खेतीको रहनेछ । महंगो बजेट भनिएको फिल्मको काठमाडौं, ईलाम र हेलम्बुमा छायाँकन गरिनेछ ।

For More videos Log on to Mazzako TV