यसरी बने विल्सन आयषाका चाइनिज गुरु (भिडियो सहित)
बलिउड नायिका आयषा टाकियाले नेपाली हाँस्य व्याङ्ग्य क्षेत्रका चर्चित कलाकार विल्सन विक्रम राईको लुक्स रिलिज गरेपछि यतिबेला फिल्म नगरीमा विल्सनको चाइनिज लुक्सको चर्चा छ । विल्सन कसरी भए त चाइनिज ? विल्सनले मेकअप गर्दाको भिडियो तयार गरेर रिलिज गरेका छन् । भिडियो हेर्नुस् :
विल्सनले अभिनय रहेको हिन्दी फिल्मको छायाँकन सकिएपनि फिल्मको नाम भने सार्वजनिक गरिएको छैन । विल्सनले करिब दुई साता उक्त फिल्मको छायाँकन गरेका छन् । बाल मनोविज्ञानमा आधारित भनिएको उक्त फिल्ममा विल्सन चाइनिज गुरुका रुपमा प्रस्तुत भएको हुन सक्ने सार्वजनिक लुक्सबाट अनुमान लगाउँन सकिन्छ ।