आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘डायङ क्यान्डल’ अर्थात् निभ्न लागेको दियोको बुधबार कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर गरिएको छ । साँझ गरिएको प्रिमियर शोमा फिल्म युनिट सहित फिल्मकर्मी, राजनीतिज्ञ र विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति थियो ।

dyimg-candle-team

निर्देशक नरेशकुमार केसी, कलाकारहरु अर्पण थापा, सृजना सुब्बा, लाक्पा सिङ्गे तामाङ, निर्माता तथा सिनेम्याटोग्राफर रविन आचार्य, सिनेम्याटोग्राफर दिपाङ्कर सिक्देर फिल्म टिमको तर्फबाट उपस्थित थिए भने अभिनेता सौगात मल्ल अर्को फिल्मको सुटिङका कारण उपस्थित हुन सकेनन् । शहरी विकास मन्त्री अर्जुन नर सिंह केसी पनि केही समयका लागि प्रिमियर शोमा सहभागी भएका थिए ।

arpan-shreejana-child-artis

यस्तै फिल्म क्षेत्रबाट सरिता लामिछाने, निशा अधिकारी, ऋचा शर्मा, पूजा शर्मा, सुदर्शन थापा, ऋषि लामिछाने, दिनेश राउत, कोशिस क्षेत्री लगायत थिए भने फिल्म बैङकर अलिन केशरी शाहले ‘डाइङ क्यान्डल’ हेरे । प्रिमियरमा सहभागीले ‘डाइङ क्यान्डल’ लाई सकारात्मक प्रतिक्रिया दिएका छन् । फिल्मको कथा, कलाकारको प्रस्तुती र निर्देशकिय पक्षको सबैले तारिफ गरेका छन् । दिदी र भाईको प्रेम दर्शाउने फिल्म यही शुक्रबार माघ २८ गतेदेखि प्रदर्शनमा आउँदैछ । तस्बिर : उद्धव रसाईली 

shreejana-subba-with-child-artist

arjun-nar-singh-at-film-hall

anil-shah-wefie

anil-shah-wefie

sarita-rishi-krishna

parva-team-at-film-hall

For More videos Log on to Mazzako TV