‘किङ्ग’ का वितरकबिच कुटाकुट, ‘म माथि हातपात भो, सिक्री चुँडियो’ : कायस्थ
फिल्म ‘किङ्ग’ का वितरकद्वाय गोपालकाजी कायस्थ र गोविन्द शाहीबिच हलबाट रकम उठाउने विषयलाई लिएर विवाद उत्पन्न भएको छ । विवाद चरम विन्दुमा पुग्दा शाहीले आफुमाथि हातपात गरेको कायस्थको भनाई छ । बुधबार चलचित्र संघको कार्यालय, विशालनगरमा शाहीले आफुमाथि घाँटीमा लगएको सिक्री नै चुँडिने गरी हातपात परेको कायस्थले दाबी गरेका छन् ।

बाँयाबाट वितरक कायस्थ, ‘किङ्ग’ निर्माता जयन श्रेष्ठ र अर्का वितरक शाही ।
बुधबार भएको विवाद बारे वितरक कायस्थ भन्छन्, ‘हामी दुवैले किङ्ग फिल्म वितरण गरेका थियौं । तर हलमा फिल्मको हिसाब लिन जाँदा म फिल्मको वितरक नै होइन, मलाई हिसाब नदिनु भनेर गाविन्दले भनेको रहेछ । त्यसपछि मैंले चलचित्र संघमा हलको पैसा उठाएर दुवैलाई बाँडफाँड गर्नु भनी निवेदन दिएको थिएँ’ उनले घटनाको वेलिविस्तार लगाए, ‘यही विषयमा आज संघमा १ बजे बैठक राखिएको थियो । बैठक सुरु नहुँदै मलाई मुख छाड्दै गोविन्दले हात हाल्यो । मेरो सिक्री नै चुँडियो ।’ कायस्थको दाबी अनुसार संघमा शाहीले एक दर्जन जति युवाहरु भेला गरेका थिए । गोविन्दले हात हालेपछि ती युवाहरुले पनि कायस्थमाथि आक्रमण गर्न सुरु गरेका थिए । तर प्रहरीलाईसम्पर्क गरेपछि (एक सय) भने उनीहरु त्यहाँबाट फरार भएका थिए । आफुले भने शाही माथि हात नर्फकाएको कायस्थको दाबी छ ।यो घटनापछि वितरक कायस्थले महानगरिय प्रहरी वृत्त, कमलपोरीमा घटनाको छानविन र शाहीलाई कारबाहीको माग राख्दै निवेदन दिएका छन् । निवेदन यस्तो छ :

घटनाक्रम बारे वितरक शाहीसँग बुझ्न खोज्दा उनको मोबाइल अफ भएको पाइयो । शाही चलचित्र निर्माता संघका उपाध्यक्ष र चलचित्र संघका सदस्य हुन् । यही घटनालाई लिएर वितरक कायस्थले बिहिबार ११ बजे चलचित्र संघको कार्यालय, विशालनगरमा प्रेसमिट राखेका छन् ।








