‘राहदानी’ का निर्माता तथा कलाकार नैनु शमशेरको निधन
फिल्महरु ‘राहदानी’ र ‘खोज’ का निर्माता एवं कलाकार नैनु शमशेर जवराको निधन भएको छ । भारतको दिल्ली स्थित फोर्टिज अस्पतालमा शनिबार बेलुका ७.२० बजे ६६ वर्षको उमरे निधन भएको हो । केही समय यताबाट कलेजो सम्बन्धि रोग लिभर सिरोसिसबाट ग्रास्त उनको पछिल्लो समय दिल्लीमा उपचार गरिँदै थियो ।

दिवंगत निर्माता जवराको पार्थिब शरिर सोमबार बेलुका काठमाडौं ल्याई आर्यघाटमा दाहसँस्कार गरियो । ललितपुर पुलोचक निवासी नैनुका श्रीमती र एक छोरा छन् । उनी फिल्म निर्माण कम्पनी सिनेमनबल इन्टरप्राईजेजका सँस्थापक सञ्चालक समेत हुन् । नैनु शमशेरले फिल्महरु ‘राहदानी’ र ‘खोज’ सँगै यी दुबै फिल्महरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नैनु शमशेर निधन प्रति दुःख व्यक्त गर्दै उनी कला प्रेमी र फिल्म उधोगलाई माया गर्ने निर्माता भएको ‘राहदानी’ र ‘खोज’ फिल्मका प्रस्तुतकर्ता लक्ष्मीप्रसाद ढकालले बताए ।
For More videos Log on to Mazzako TV







