‘मेरो पैसा खोइ’ सुटिङ सुरु : सौगातसँग बाँधियो डल्लीको जोडी
हिन्दी फिल्म ‘भूतनाथ रिटन्र्स’ का निर्देशक विवेक शर्माले निर्देशन गर्ने नेपाली फिल्म ‘मेरो पैसा खोइ’ को मंगलबारदेखि छायाँकन सुरु भएको छ । पुतलीसडकमा रहेको एक भवनबाट यो मल्टीस्टारर फिल्मको छायाँकन सुरु भएको हो । निर्माता रोज राणाले पैतालिस दिनको तालिका तय गरेर सुटिङ सुरु गरेको जानकारी दिए ।
फिल्म ‘मेरो पैसा खोइ’ मा सौगात मल्ल, बर्षा राउत, सागर तिवारी, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, कमलमणी नेपाल, सम्पन्न श्रेष्ठ र रविन तामाङको अभिनय रहेको छ । फिल्ममा सौगात र डल्ली उर्फ छुल्ठिम अनि बर्षा र सागरको जोडी रहेनछ । यस्तै भारतिय कलाकारहरु जुही चावला र राजपाल यादवको पनि फल्ममा अभिनय रहने जनाइएको छ । बसन्त सापकोटाको संगीत रहने फिल्ममा चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहनेछ । फिल्मको सुटिङ काठमाडौं, धुलिखेल र लुम्बिनीमा हुनेछ ।