बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’ को सोमबारदेखि राजधानीबाट छायांकन सुरु भएको छ । मिलन चाम्स निर्देशित फिल्मको कमल पोखरीस्थित सिटी सेन्टरदेखि सुटिङ सुरु भएको हो । सुटिङ पुर्व विहान गणेश मन्दिरमा शुभ साइत गरिएको थियो ।

benisha-arpan

हिमालयन जाभा कफी सपमा मुख्य कलाकार बेनिशा हमाल र अर्पण थापा पहिलो सट् दिँदै थिए । ‘आज लभर जोडीबीच द्धन्द्ध उत्पन्न हुने सिक्वेन्स हो’ पर्दामा सृष्टि केसीको भूमिका निभाएकी नायिका बेनिशा हमालले भनिन् । बेनिशा र अभिनेता अर्पण थापाले आफ्ना लागि नयाँ भूमिका चुनौतीपूर्ण रहेको बताए ।निर्देशक मिलन चाम्सले नेपाल र भारतमा सुट गरिने सिनेमाको सुटिङ अवधि ३५ दिन हुने बताए । यस्तै लन्डनमा रहेको निर्माता निकेश लिम्बुले अद्भूत साहस र पौरखको कथा बोकेको फिल्मले दर्शकको मन जित्ने आशा व्यक्त गरे ।

milan-chams

दृष्टि गुमाएकी प्रतिभावान युवती सृष्टिको जीवनमाथि बन्ने फिल्म ‘ब्लाइन्ड रक्स’ मा बेनिशा हमाल, अर्पण थापा सहित अभिनेत्री गौरी मल्ल र बैंकर अनिल शाह समेतको मुख्य भूमिका हुनेछन् ।

For More videos Log on to Mazzako TV