शिल्पाको ‘मंगलम’ मा अतिथि साम्राज्ञी, कसरी भइन् राजी ?
नायिका शिल्पा पोखरेल निर्मात्री रहेको फिल्म ‘मंगलम’ मा ‘ड्रिम्स’ गर्ल साम्राज्ञीराज्य लक्ष्मी शाह अतिथि भूमिकामा देखिने भएकी छिन् । हाल ‘तिमी सँग’ को छायाँकनमा व्यस्त रहेकी साम्राज्ञीले काठमाडौं फर्किए लगत्तै ‘मंगलम’ को सुटिङ सुरु गर्नेछिन् । डेव्यु सहित ‘ए मेरो हजुर २’ र ‘तिमी सँग’ मा सोलो नायिकाको रुपमा देखिएकी साम्राज्ञी अतिथि भूमिका खेल्न ‘मंगलम’ मा कसरी भइन् त राजी ?

यस विषयमा साम्राज्ञी र निर्देशक नवल नेपालले बोल्न चाहेनन् । यद्पी निर्माता छविराज ओझाका छोरा साकार ओझाका कारण साम्राज्ञी ‘मंगलम’ की अतिथि नायिका बन्न राजी भएकी हुन् । साकार र साम्राज्ञी मिल्ने साथी हुन् । श्रोतका अनुसार साकारकै अनुरोधका कारण साम्राज्ञी पिता ओझाको फिल्ममा अतिथि बन्न तयार भएकी हुन् । हाल फ्लोरमा रहेको ‘मंगलम’ मा निर्मात्री पोखरेल, नायकद्वाय पुष्पल खड्का र पृथ्वी प्रसाईंको मुख्य भूमिका रहेको छ ।
For More videos Log on to Mazzako TV







