‘मेला’ मा मौलायो आमेश र अशिष्माको मज्जाको केमेस्ट्री
फिल्म ‘मेला’ मा नायक आमेश भण्डारी र नायिका अशिष्मा नकर्मीले पहिलो पटक सँगै स्क्रिन सेयर गरेका छन् । पहिलो पटक पर्दामा सँगै देखिएका आमेश र अशिष्माको जोडी कस्तो दखिएको छ त ? यी दुईको केही तस्बिरहरु प्राप्त भएका छन्, जुन हामीले प्रस्तुत गरेका छौं ।

प्राप्त तस्बिरहरुमा आमेश र अशिष्माको जोडी खुबै सुहाएको देखिन्छ । उनीहरु एक अर्कासँग सहज रुपमा प्रस्तुत भएका छन् । आमेश ‘फूलै फूलको मौसम तिमीलाई’ पछि फिल्मको सेटमा फर्किएका हुन् । उसो त कलाकार सलोन बस्नेत पनि फिल्ममा मुख्य भूमिकामा प्रस्तुत भएका छन् । आमेश, अशिष्मा र सलोनसँगै ‘मेला’ मा परदेशी शाह, निरज श्रेष्ठ र बसन्त भट्टको अभिनय रहेको । बसन्त निरौलाले निर्देशन गरेको फिल्मको यतिबेला विरगञ्जमा छायाँकन भैरहेको छ ।

हरि पन्त र मनोजको संयुक्त निर्माण रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, अष्ट महर्जनको द्धन्द्ध, दिव्यराज सुवेदीको छायाँकन र पवित्रा आचार्यको नृत्य निर्देशन रहेको छ । फिल्मको हेटौंडामा छायाँकन भैसकेकोको छ भने विरगञ्जको छायाँकन सकाएर बाँकी काठमाडौंमा हुनेछ ।









