बैशाख १ मै लाग्ने भो दया र केकीको ‘घामपानी’ : हेर्नुस् गीत पनि
दयाहाङ राई र केकी अधिकारी अभिनित फिल्म ‘घामपानी’ अन्ततः नेपाली नयाँ वर्ष बैशाख १ गते नै प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिति तोक्दै गीत रिलिज गरेपछि ‘घामपानी’ बैशाख १ मा प्रदर्शन हुने भएको हो । केकी र दया फिचरिङ फिल्मको गीत हेर्नुस् :
सञ्चारकर्मी तथा फिल्म समिक्षाक दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म ‘घामपानी’ अन्र्तजातिय युवा र युवतीबिच हुने प्रेम कथामा आधारित छ । जहाँ दया र केकी मुख्य भूमिकामा प्रस्तुत भएका छन् । बैशाख १ मा ‘घामपानी’ सँगै ‘राधे’ र ‘लभ लभ लभ’ ले आफ्नो प्रदर्शन मिति तोकिसकेका छन् । ‘राधे’ मा निखिल उप्रेती र प्रियंका कार्की अनि ‘लभ लभ लभ’ स्वस्तिमा खड्का र सुरज पाण्डेको मुख्य भूमिका छ ।









