निश्चलले भने जस्तै गरी भयो त ‘लुट २’ सेन्सर पास ?
फागुन १३ गतेदेखि प्रदर्शनमा आउने बहुप्रतिक्षित फिल्म ‘लुट २’ सेन्सर पास भएको छ । निश्चल बस्नेत निर्देशित यो मल्टीस्टारर फिल्मलाई सेन्सर वोर्डले सोमबार हेरेर पिजी अर्थात् १६ वर्ष भन्दा मुनिका बालबालिकाले अभिभावकको साथमा हेर्नु पर्ने प्रमाण पत्र उपलब्ध गराएको हो । निर्माता माधव वाग्लले फिल्मका केही दृश्यमा ‘म्युट’ गर्नु पर्ने भएपनि दृश्य नै भने काट्न सेन्सरले आदेश नदिएको जानकारी दिए ।
ट्रेलर लञ्च कार्यक्रममा निर्देशक बस्नेतले कुनै पनि दृश्यमाथि कैंची चलाएर फिल्मलाई पिजी या एडल्ट प्रमाणपत्र दिए आफुलाई उक्त निर्णय अस्विकार्य हुने बताएका थिए । हिंसात्मक दृश्यका कारण पिजी प्रमाण पत्र दिइएको लुट २’ मा समावेश दोहोरो अर्थ लाग्ने शब्दमा भने ‘म्युट’ गर्नु पर्नेछ । सुपरहिट फिल्म ‘लुट’ को सिक्वेलमा सौगात मल्ल, दयाहाङ राई, कर्म, सृजना सुब्बा, ऋचा शर्मा, विपिन कार्की लगायतको अभिनय रहेको छ । माधव वाग्ले र नरेन्द्र महर्जनको संयुक्त निर्माण रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
For More videos Log on to Mazzako TV