नेपाली फिल्मका चर्चित अभिनेता विल्सन विक्रम राइ एक बलिउड फिल्ममा देखिदैछन् । यो फिल्ममा विल्सनको साथमा अभिनेत्री आयषा टाकिया मुख्य भूमिकामा छन् । wilson gateup

विल्सनले करिब २ साता यो फिल्ममा अभिनय गरेका थिए । तर, फिल्ममा आफ्नो लुक्स र फिल्मको नाम भन्न नमिल्ने भन्दै उनले गोप्य राखेका थिए । तर, उनै विल्सनको लुक्सलाई फिल्मकी मुख्य अभिनेत्री आयषा टाकियाले नै सार्वजनिक गरिदिएकी छिन् ।

आयषाले विल्सनसँग तस्बिर खिच्दै उनको लुक्स सार्वजनिक गरेकी हुन् । उनको लुक्स हेर्दा उनी फिल्ममा चाइनीज व्यक्तिको भूमिकामा देखिएको अड्कल काटन् सकिन्छ । यो फिल्मको छायांकन सकेर विल्सन नेपाल आइसकेका छन् । बच्चाको मनोविज्ञानमा यो फिल्म निर्माण भएको हो ।

For More videos Log on to Mazzako TV