‘यो साइनो मायाको’ मा कसलाई के भयो ? (भिडियो)
चैत्र ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘यो साइनो मायाको’ ‘स्याड भर्सन’ को गीति भिडियो रिलिज भएको छ । अरुण कुमार प्रधानको निर्देशन रहेको फिल्मको गीतमा नायक जतिन ताम्राकार र नव नायिका रेश्मा घिमिरे फिचरिङ छन् । ‘ के भयो’ बोलको गीतमा शिव परियारको स्वर र कुन्दन थापाको शब्द तथा संगीत रहेको छ । भिडियो हेर्नुस् :
‘यो साइनो मायाको’ मा जतिन र रेश्मासँगै किशोर भण्डारी (डिट्ठा साब), राजु कमेडी, सुनिता ठाकुर, दिवस उप्रेती, आर्यन प्रधान, उमा कार्की, नवनित प्रधान, काशिस शर्मा, प्रतिला थापा, मनोज खतिवडा, गौरव खतिवडा, सागरा डंगोल र सुनिल सुब्बाको अभिनय छ । रामकुमार श्रेष्ठले निर्माण गरेको लभ स्टोरी फिल्मलाई बाबुराम नेपालीले खिचेका हुन् ।