वरिष्ठ कलाकार टिका पहारीले फिल्म निर्माण गर्ने भएका छन् । अभिनय यात्राको लामो समयपछि होम प्रोडक्सन साउटिङ्ग माउन्टेन्स्बाट उनले ‘टिम’ नामक फिल्म निर्माण गर्ने भएका हुन् । माघको अन्तिम सातादेखि फिल्मको छायाँकन सुरु हुनेछ ।

gaurav-with-his-father

पितासँग गौरव ।

कलाकार पहारीले निर्माण गर्ने फिल्म ‘टिम’ लाई उनका कान्छा छोरा सुलभ पहारीले निर्देशन गर्नेछन् । फुटबल सम्बन्धी कथा बोकेको फिल्ममा पहारीका जेठा तथा कलाकार छोरा गौरव पहारी, कलाकारहरु मेनुका प्रधान, सुनिल पोखरेल, हरिहर शर्मा र युवराज लामा मुख्य भूमिकामा प्रस्तत हुँदैछन् । फिल्मको सम्पूर्ण छायाँकन काठमाण्डौं र झापामा हुनेछ । ‘टिम’ मा निर्माताको रुपमा महाविर घिरहिया रहेका छन् ।

sulav-pahari

निर्देशक सुलभ ।

प्रज्ञान थापाको लेखन रहेको फिल्म ‘टिम’ लाई भारतबाट आएका हरी र सतिशले खिच्नेछन् । यस्तै फिल्ममा संगीत एक्सेस ब्यान्ड, कालिप्रसाद बाँस्कोटा र भाष्कर स्वाँरको रहनेछ ।

For More videos Log on to Mazzako TV