आफ्नै गृह जिल्लामा किन रसाए कोमल ओलीका आँखा ?
सञ्चारकर्मी, गायिका, नायिका तथा नेतृ कोमल ओली आफ्नो गृह जिल्ला दाङ पुग्दा भावुक भएकी छिन् । राजीनितक भेला, मेला महोत्सव र देश विदेशका कार्यक्रममा व्यस्त भैरहने कोमल ओली आफ्नै गृह जिल्लामा किन भइन् त भावुक ? किन रसाए उनका आँखा ?

बिहिबार दाङको तुल्सीपुरमा भएको मध्यमश्चिमाञ्चल महोत्सवमा उल्लेख्य दर्शकको सहभागिता देखेर कोमल ओली भावुक बन्न पुगेकी हुन् । जुन कुरा उनले आफ्नो फेसबुकमा व्यक्त गरेकी छिन् । दर्शकको भिडमा आफुलाई उभ्याएको तस्बिर राख्दै कोमल आफ्नो फेसबुकमा लेख्छिन् :

मेरो जन्मभूमिलाई प्रणाम !
मेरा दाङबासीलाई नमन् !!
आफु जन्मेको ठाउँमा उभिदा बिसौं हजार आफ्ना आफन्त हरुको उपस्थिति भएपछि कस्को आंखा नरसाउँला ? तुल्सीपुरमा भैरहेको मध्यपश्चिम महोत्सवमा बधाई र धन्यबाद छ ! उद्योग बाणिज्य संघ तुल्सीपुरलाई !!








