गीत गाउँन तयार पूजा र पल
फिल्म ‘म यस्तो गीत गाउँछु’ छायाँकन लागि कथाका मुख्य दुई पात्रहरु पूजा शर्मा र पल शाह तयार भएका छन् । आउँदो सातादेखि फिल्मको छायाँकन सुरु हुँदैछ । पूजा र पल यसै सातादेखि तयारी अवास्थामा छन् ।
‘हामी एकदमै उत्साहित छौं’ बिहिबार दरबारमार्गमा रहेको हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा कपाल मिलाएपछि पल र पूजाले भने, ‘अब अन्तिम पटक स्क्रिप्ट पढ्दै छौं । हामी तयार छौं ।’ फिल्मको सुटिङ पोखरादेखि सुरु हुनेछ । पोखरा र काठमाण्डौ फिल्मको मुख्य लोकेशन हो ।
सुदर्शन थापाको निर्माण तथा निर्देशन रहने फिल्ममा संजय लामाको सिनेम्याटोग्राफी, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । ‘प्रेम गीत’ पछि निर्देशक थापा अर्को लभ स्टोरी फिल्म ‘म यस्तो गीत गाउँछु’ निर्माण तथा निर्देशनमा उत्रिएका हुन् । तस्बिर : उद्धव रसाईली
For More videos Log on to Mazzako TV