शुक्रबार प्रदर्शनमा तीन, आउँला कस्तो परिणाम ?
यो शुक्रबार तीन नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । फिल्महरु ‘परिणाम’, ‘थ्री मङिकज्’ र ‘राम जाने’ यो शुक्रबार प्रदर्शनमा आएका हुन् । नयाँ कलाकार र सिमित बजेटमा निर्माण गरिएका यी फिल्महरु सुनसान रुपमा हलमा आएका छन् । व्यापार कस्तो गर्लान् ?

प्रदर्शनमा आएका तीन फिल्महरु मध्ये ‘परिणाम’ ले भने केही प्रचार प्रसारलाई ध्यानमा राखेको छ । मुकेश ढकाल, सारिका घिमिरे, किसन सुनार लगायतको अभिनय रहेको फिल्मलाई हरी पराजुलीले निर्माण तथा निर्देशन गरेका हुन् । तीन फिल्मको परिणाम कस्तो आउँला त ? व्यापारिक परिणाम जे जस्तो आएपनि ‘परिणाम’ का कलाकारसँग गरिएको मज्जाको गफगाफ भने तलको लिङ्कमा क्लिक गरेर हेर्न सक्नु हुनेछ :








