यस्तो छ ‘रोमियो’ को ‘बाबरी’ लिरिकल भिडियो
फिल्म ‘रोमियो’ को नयाँ रोमान्टिक गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । ‘ल्याङ ल्याङ’ पछि फिल्ममा समावेश ‘बाबरी’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गीत सुन्नुस् :
सार्वजनिक ‘रोमियो’ को गीतमा ताराप्रकाश लिम्बुको संगीत, सन्तोष लामा र मेलिना राइको स्वर र मुकेश राईको शब्द छ । शंकर कार्कीको निर्देशनमा तयार भएको यो फिल्मलाई एचआरके प्रोडक्शनले निर्माण गरेको हो । फिल्ममा नीशा अधिकारी, हसनराजा खान, ओसिमा बानु, मेलिना मानन्धर लगायतका कलाकारको मुख्य भूमिका छ ।
त्रिकोणात्मक प्रेम कथामा तयार भएको यो फिल्मको टिजर सार्वजनिक भैसकेको छ । ‘रोमियो’ को टिजरलाई रुचाइएको छ भने ‘ल्याङ ल्याङ’ गीतले चर्चा पाएको छ ।