‘लप्पन छप्पन’ मा बर्षाको कोसँग झन् झन् बढ्यो माया ?

ट्रेलर रिलिज पछि चर्चामा आएको फिल्म ‘लप्पन छप्पन’ को रोमान्टिक सङ्ग रिलिज भएको छ । ‘माया बढ्यो झन् झन्’ बोलको गीतको भिडियोमा नायिका बर्षा सिवाकोटी र दुई नव नायकहरु प्रकाशजंग शाह र सिड खरेल फिचरिङ छन् । भिडियो हेर्नुस् :
सार्वजनिक गीतमा दिपक राजको शब्द, संगीत तथा स्वर रहेको छ । मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन’ मा सौगात मल्ल, दयाहाङ राई र अर्पण थापाको मुख्य भूमिका रहेको छ । फिल्मलाई डम्वर चन्दले निर्माण गरेका हुन् । ‘लप्पन छप्पन’ चैत ११ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
For More videos Log on to Mazzako TV







