यसै वर्ष प्रदर्शनमा आएको आर्यन सिग्देल र नम्रता श्रेष्ठ स्टारर फिल्म ‘होमवर्क’ लाई युट्युवमा रुचाइएको छ । अपलोड भएको एक सातामा दश लाख बढीले हेरेका छन् । पूरा फिल्म हेर्नुस् :

सबैभन्दा रमाईलो पक्ष त के छ भने सार्वजनिक प्रदर्शनमा असफल भएको आर्यन र नम्रता स्टारर फिल्म ‘होमवर्क’ लाई युट्युवमा भने चासोका साथ हेरिएको छ । यो फिल्म नेपाल युट्युव ट्रेन्डिङमा केही दिन पहिलो स्थानमा समेत पर्न सफल रह्यो । अहिले पनि तेश्रो नम्वरमा छ ।

homework

गोपिकृष्ण मुभिजको प्रस्तुती रहेको फिल्म ‘होमवर्क’ लाई निरक पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा आर्यनको युवा र वृद्धा गरी दुई प्रकारको भूमिका छ । पढाईमा उमेर बाधक हुँदैन भन्ने सन्देश ‘होमवर्क’ ले दिन खोजेको छ ।

For More videos Log on to Mazzako TV