हो, फिल्म चल्न फिल्म नै राम्रो हुनुपर्दछ । तर, कुनै पनि फिल्मको सफलतामा प्रचार प्रसारको मुख्य भूमिका रहंन आउँछ । राम्रा फिल्म पनि प्रचार प्रसारमा गरिएको सुस्तताका कारण नचलेका धेरै उहादहरण छन् । अर्कोतर्फ नराम्रा भनिएका फिल्महरुले पनि एक चरण दर्शकलाई हलसम्म तानेको पाइएको छ । प्रसंग हो, फिल्म यही माघ २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लेक साइड’ को ।

jiwan-neeta-lake-side

दर्शकमाझ आउन जम्मा दुई साता बाँकी रहंदा फिल्म ‘लेक साइड’ ले कुनै ‘वज्’ सृजना गर्न सकिरहेको छैन । न त यस्को प्रचारात्मक सामग्रीहरुले नै दर्शकको ध्यान तान्न सकिरहेको छ । न त कलाकार नै फिल्मको प्रचारमा लागि परेका छन् । फिल्मका मुख्य नायक जीवन लुईंटेल अमेरिका उड्दा नायिका नीता ढुंगाना म्युजिक भिडियोमै व्यस्त छिन् । बरु फिल्मका सह नायक दिपक ढकाल आफैं प्रचारमा दौडिरहेका छन् । उनको दौडाहाले दर्शकलाई हलसम्म आकर्षित गर्ला ? फिल्मको ट्रेलर हेर्नुस् :

आशुतोष फिल्मस् र चन्द्रज्योती फिल्मस्को संयुक्त प्रस्तुती रहेको फिल्म फिल्म ‘लेक साइड’ लाई राजु अधिकारीले निर्देशन गरेका हुन् भने ईन्द्रा तिवारी ढुंगाना कार्यकारी निर्माता र अञ्जल ढुंगाना निर्माताको रुपमा रहेका छन् । फिल्ममा चन्द्रज्योती ढुंगानाको संगीत र पवन गौतमको क्यामेरा रहेको छ ।

For More videos Log on to Mazzako TV