फिल्म ‘काराखाना’ को प्रदर्शन मिति तय गरिएको छ । सार्वजनिक पोस्टरमा उल्लेख गरिए अनुसार यो फिल्म आउँदो बर्षको जेठ ५ गतेदेखि प्रदर्शनमा आउँनेछ । अमरदिप सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्म ‘कारखाना’ मा नायक सुशिल श्रेष्ठ र नायिका बर्षा सिवाकोटी मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

karkhana-poster

फिल्म ‘कारखाना’ लाई यसै वर्ष रिलिज गर्ने लक्ष्य सहित टिजर र एउटा गीतको भिडियो समेत सार्वजनिक गरिएको थियो । तर प्राविधिक र अन्य प्रतिस्पर्धी फिल्मका कारण निर्माण टिम लक्षित मितिमा फिल्म प्रदर्शन गर्न असमर्थ रह्यो । चन्द्र पन्तको द्धन्द्ध, अनिल शाही, हर्कुलस बस्नेत र कल्याणको संयुक्त संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । ‘कारखाना’ लाई सुदिप खड्का र अमर बज्रचार्यले निर्माण गरेका हुन् । यो फिल्मको सार्वजनिक गीत एक वर्गका दर्शक तथा श्रोता माझ हिट भैसकेको छ । भिडियो हेर्नुस् :

For More videos Log on to Mazzako TV