मिरा राईलाई नेतृ र अभिनेत्रीको बधाई (मज्जाको गफ सहित)
भर्खरै एडेभेन्चरर अफ् दि इयर २०१७ घोषित भएकी मिरा राईलाई नेत्री कोमल ओली र अभिनेत्री श्वेता खड्काले बधाई दिएका छन् । मंगलबार हामी उठ्ने छौं फाउण्डेशनले आयोजना गरेको सम्मान कार्यक्रममा राप्रपा नेतृ ओली र अभिनेत्री खड्काले बधाई दिएका हुन् ।


भूकम्पपछि स्थापना भएको हामी उठ्ने छौं फाउन्डेशनले पचास हजार नगद सहित मिरा राईलाई सम्मान गरेको हो । सम्मान पत्र र नगद राशी ग्रहण गर्दै मिराले आफुलाई भोट दिने सबैलाई कृतज्ञता प्रकट गरिन् भने आफु जस्तै साहसिक दौडमा सहभागी हुन चाहने युवतीहरुलाई आफुले सहयोग गर्ने बताइन् । मिरासँग गरिएको मज्जाको भिडियो हेर्नुस् :









