निर्देशक तुलसी घिमिरेको खुसी परिवारसँग मज्जाको टिभीले मज्जाको गफागाफ गरेको छ । सबैभन्दा मज्जाको कुरा त के छ भने उनको सम्पूर्ण परिवार नै नेपाली फिल्मसँग आवद्ध छ । निर्देशक घिमिरे, श्रीमती भारती घिमिरे र दुई छोरीहरुसँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :

घिमिरे दम्पतीबाट सन्तानको रुपमा दुई छोरीहरु मात्रै छन् । छोरा छैनन् । आफुलाई छोराको चाह कहिल्यै नभएको बताउने निर्देशक घिमिरे छोरा नभएकोमा पनि कुनै गुनासो नभएको बताउँछन् । भन्छन्, ‘कतिले भन्छन् तपाईंको नाम राख्ने छोरा त हुनु पर्यो नि ! म भन्छु मेरो नाम मेरो छोराले होइन मेरा फिल्महरुले राख्छन् ।’ ‘दर्पण छायाँ’, ‘देउता’, ‘चिनो जस्तो’ फिल्म निर्देशन गरेका निर्देशक घिमिरेले निर्देशन गरेको पछिल्लो फिल्म ‘दर्पण छायाँ २’ फागुन २७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

tulsi-ghimire-family

निर्देशक घिमिरे, पत्नी र दुई छोरीहरु ।

For More videos Log on to Mazzako TV