एउटा घरमा घटेको सानो घटना र त्यसले लिने ठुलो रुपलाई लिएर नयाँ नेपाली फिल्म ‘मन्दिरा’ बन्ने भएको छ । भट्ट एण्ड सन्स ब्यानरमा निर्माण हुने फिल्मका सम्पूर्ण कलाकार तथा प्राविधिक पक्का भएका छन् ।

mandira-team

दीपेश सापकोटाको कथा तथा निर्देशन रहने फिल्म ‘मन्दिरा’ मा जे.वि डिसी, नरेन खड्का, प्रवण भूषाल, लक्ष्मी बस्नते, बिनी पोख्रेल र विनिता ओली मुख्य भूमिकामा पक्का भएका छन् । हरी भट्टको निर्माण रहेन फिल्ममा सन्तोष सेडाई सह निर्माताको रुपमा रहेका छन् । देव राईको संगीत रहने फिल्ममा दयाराम पाण्डेको शब्द तथा अर्जुन विसीको नृत्य निर्देशन रहनेछ छ । छायाँकन सुसन प्रजापतिले गर्नेछन् ।

For More videos Log on to Mazzako TV